इलामेली गायक तथा संगितकार भूगोल दाहालको 'उडान' सर्वजनिक (भिडियो सहित)


इलाम, ४ वैशाखः नेपाली साङ्गीतिक क्षेत्रमा लामो समयदेखी निरन्तर संगीतमै रमाईरहेका इलामेली गायक तथा संगितकार भूगोल दाहालको उडान बोलको गित तथा भिडियो सार्वजनिक भएको छ। नयाँ बर्ष  २०७८ को अवसर पारेर बैसाख १ गते दाहालले गित सार्वजनिक गरेका हुन।

 


इलाम घुम्न आउने पर्यटकले यात्राको क्रममा देखेका तथा भोगेका भोगाइ लाई भिडियोमा समेट्न खोजिएको छ।  भिडियोमा माया र प्रेमिल मन हरुले इलामको प्राकृतिक सुन्दरतामा खुशी बाँडदै रमाएर बिभिन्न पर्यटकीय स्थलको प्रतिनिधित्व गरेका छन।  इलामको सुर्योदय नगरपालिकाको कन्याम,फिक्कल ,श्रीअन्तु,सुन्दरपानी,तिनतले झरना,स्वामिपार्क रोङको पाथीभरा मन्दिर र काठमाडौको दृश्यहरु समेटिएको छ।  

अमेरिका निवासी निमुखा युवराजको शब्द रहेको गितमा स्वर र संगित भूगोल दाहालको छ। गित लाई गोपाल रसाइलीले एरेज्मेट गरेका छ्न। गितको रेकर्डिङ नेप टियुन रेकर्डिङ स्टुडियो चाबाहिल र स्टुडियो साउन्ड मिलमा गरिएको हो भने  गितको मिक्सिन मास्टरिङ्गभने महेश्वर मन राजभण्डारीले गरेका छ्न।गित लाई बि आर डि प्रोड्क्सनले बजारमा लियाएको हो।इलामको  भिडियोको छांयाकन निसान्त रानाले गरेका छ्न भने काठमाडौ को मिसेक लिम्बुले गरेका छ तथा सम्पाद्न को सम्पूर्ण काम इलामेली युवा निसान्त रानाले गरेका छ्न भने भिडियोको कन्सेप्ट र निर्देशन भूगोल दाहाल आफैले गरेका छन।   

इलामको प्राकृतिक  सुन्दरता देखाएर  पर्यटन बिकासमा सहयोग पुग्ने संगितकार दाहाल ले बताए। भिडियोमा अधिकाम्स इलामे कलाकारले अभिनय गरेका छ्न। भिडियो मा रेनिसा सापकोटा,कबिन सापकोटा,  युवन्तिका तामाङ,दिवस गुरुङ,सिर्जना ढुंगाना ,गोबिन्द कट्टेल, अनिसा तामाङ ,जोन शर्मा ,आशा लाप्चा ,प्रविन तुम्रुक ,अर्चना पराजुली, सागर ढुंगाना ,बिकास प्रधान, प्रज्जवल प्रधान ,रुपेन गुरुङ्ग्,लगायत का कलाकारले अभिनय गरेको प्रोड्क्सन मेनेजर युवराज प्रधानले बताएका छ्न।

भिडियो मा अथिती कलाकारको रुपमा बिजय बराल र प्रियंका समि सङ्ग्रौलाले अभिनय गरेका छ्न भने बाल कलाकार सोहम श्री दाहाल लाई पनि देखन सकिने मेनेजर प्रधान ले जानकारी गराएका छ्न।   दुई दसकको सांगितिक यात्राको क्रममा दाहालको तिमी बिना,  यो जुनिमा, झुल्क्यो घाम ,पैसा हो पैसा , समाधि,हाम्रो भाग्य जस्ता दर्जनौ गित बजार मा आइसकेका छन।  दाहाल ले २०६१ र २०७१ मा हिड्स एफ एम अवार्ड समेत जितिसकेका छ्न।

प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment