काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले बालुवाटारमा बोलाउनुभएको सर्वदलीय बैठक सकिएको छ । शनिबार डाकिएको बैठकमा कोभिड–१९ रोकथाम र नियन्त्रणमा सघाउन सबै दललाई आग्रह गर्नुभएको छ ।
यसैगरी नेपाली कांग्रेसले जारी राजनीतिक गतिरोधलाई छिटो निकास दिन प्रधानमन्त्री केपी शर्मा ओलीलाई सुझाव दिएको छ । बैठकमा काँग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलले पार्टीले सरकारलाई राजनीतिक गतिरोधबारे चाँडो निकाश दिन सुझाब दिएका हुन् ।
प्रतिनिधिसभाको उपसभामुख चयन प्रक्रिया अघि बढाउन पनि बैठकमा काँग्रेसले माग गरेको छ । साथै, प्रतिनिधिसभामा रिक्त रहेका पदहरुमा उपनिर्वाचन गर्नेबारे पनि छलफल भएको छ ।
यसैगरी बैठकमा सभामुख अग्नि सापकोटाले एमसिसी प्रस्ताव पेश गर्न नदिएको भन्दै प्रधानमन्त्री ओलीले रोस प्रकट गर्नुभएको छ ।
बैठकमा उपप्रधानमन्त्री ईश्वर पोखरेल, अर्थमन्त्री विष्णुप्रसाद पौडेल, गृहमन्त्री रामबहादुर थापा, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल र महामन्त्री विमलेन्द्र निधि, जनता समाजवादी पार्टीका नेता महन्थ ठाकुर र लक्ष्मणलाल कर्ण, राष्ट्रिय प्रजातन्त्र पार्टीका नेता लोहनी र नेपाल मजदुर किसान पार्टीका नेता प्रेम सुवाल र सुनील प्रजापतिलगायत सहभागी थिए ।
बैठकमा नेकपा माओवादी केन्द्र र जसपाका उपेन्द्र यादव डा. बाबुराम भट्टराई अनुपस्थित थिए ।
0 comments:
Post a Comment