प्रदेश १ मा १ हजार १४० जना नयाँ कोरोना संक्रमित थपिए



विराटनगर । प्रदेश १ मा सोमबार १ हजार १४० जना नयाँ कोरोना संक्रमित थपिएका छन् । दैनिक संक्रमण संख्यामा यो अहिलेसम्मकै उच्च हो ।

मोरङमा ४०१, झापामा २८३, सुनसरीमा २३६, धनकुटामा ६२, संखुवासभामा ४२, इलाममा २६, पाँचथरमा २०, ताप्लेजुङमा १९, तेह्रथुममा १३, उदयपुरमा ६, भोजपुरमा १ र प्रदेश १ बाहिरका ३१ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

मोरङको विराटनगरमा १२६ महिला र १६६ पुरुष सहित २९२, सुनबर्षीमा ४९, बेलबारीमा २०, रंगेली र मिक्लाजुङमा ७–७, उर्लाबारीमा ५, जहदामा ४, धनपालथान र पथरीशनिश्चरेमा ३–३, कटहरी, बुढीगंगा, सुनबर्षी र स्थानीय तह नखुलेका २–२, लेटाङ, रतुवामाई र कानेपोखरीमा १–१, झापाको भद्रपुरमा ८४, विर्तामोडमा ३९, अर्जुनधारामा २५ जनामा कोरोना संक्रमण देखिएको छ ।

त्यस्तै, मेचीनगरमा २३, दमकमा २२, शिवसताक्षीमा २१, बुद्धशान्तिमा २०, कनकाईमा १८, कचनकवल र गौरादहमा ४–४, कमल गाउँपालिकामा ३, हल्दिबारी र बाह्रदशीमा २–२, झापा गाउँपालिकामा १ र स्थानीय तह नखुलेका १५, सुनसरीको इटहरीमा ८२ जनामा कोरोना पुष्टि भएको छ ।

यता, धरानमा ७२, बराहक्षेत्रमा ४३, इनरुवामा ९, देवानगञ्जमा ७, कोशी गाउँपालिकामा ४, गढी र बर्जुमा ३–३, भोक्राहानरसिंह, रामधुनी र दुहवीमा २–२, हरिनगरमा १, स्थानीय तह नखुलेका ६ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

त्यसैगरि धनकुटाको धनकुटा नगरपालिकामा २०, चौवीसेमा १४, साँघुरीगढीमा १३, महालक्ष्मीमा १०, पाख्रिवासमा ४, छथरमा १, संखुवासभाको चैनपुरमा २६, मकालुमा १५ र खाँदबारीमा १, इलामको चुलाचुलीमा १४, इलाम नगरपालिकामा ९, सुर्योदयमा १ र स्थानीय तह नखुलेका २ जनामा कोरोना देखिएको छ ।

पाँचथरको फिदिममा २०, ताप्लेजुङको फुङलिङमा १६, मैवाखोलामा २, श्रीजंगामा १, ते¥हथुमको मेन्छयायममा ९, म्याङलुङमा ३, फेदापमा १, उदयपुरको त्रियुगामा ५, स्थानीय तह नखुलेका १, भोजपुरमा १ र प्रदेश १ बाहिरका ३० जनामा संक्रमण देखिएको मन्त्रालयले जनाएको छ ।

योसँगै प्रदेश १ मा कोरोना संक्रमितको संख्या ४५ हजार ३६४ पुगेको छ । संक्रमित भएका मध्ये ३१ हजार ६० संक्रमणमुक्त भएका छन् । ३ जेठमा १७६ जना संक्रमणमुक्त छन् । सक्रिय संक्रमितको संख्या १३ हजार ६३८ पुगेको छ ।

प्रदेश १ मा आज २ हजार २७० जनाको पीसीआर परीक्षण गरिएको छ । परीक्षण गरिएका मध्ये ४७९ महिला र ६६१ पुरुषको रिपोर्ट पोजेटिभ आएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment