संक्रमणका कारण इलाममा थप एकको मृत्यु


इलाम, ३ जेठः कोरोना संक्रमणको कारण इलाममा आज थप एकजना पुरुषको मृत्यु भएको छ । मृत्यु हुनेमा इलाम नगरपालिका ७ का ७३ वर्षिय पुरुष रहेका छन् । इलाममा हाल सम्म कोरोना संक्रमणको कारण मृत्यु हुनेको संख्या १२ पुगेको छ  । मृत्यु हुनेमा चुलाचुली गाउँपालिकाका ३ जना, इलाम नगरपालिकाका ६ जना, देउमाइ नगरपालिकाका १ जना, सूर्योदय नगरपालिका १ जना र माइजोगमाइका १ जना रहेका छन् ।

इलाममा  ३५१ जना संक्रमित भएका छन् । यस्तै इलाममा कोराना संक्रमण मुक्तहुनेको संख्या ३३ पुगेको छ ।  


प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment