इलाममा एकैदिन ४१ जना कोरोना संक्रमित थपिए, संक्रमितको संख्या ३५१ पुग्यो


इलाम, ३ जेठः दोस्रो चरणको कोरोना संक्रमणले देशै भरी तिव्र रुपमा फैलिएको बेला इलाममा पनि आज थप ४१ जनामा कोरोण संक्रमण पुष्टी भएको छ । 

संक्रमित हुनेमा सवै भन्दा धेरै इलाम नगरपालिकामा २८ जना थपिएका छन् जस्मा १६ जना पुरुष १२ जना महिला,  रोङ गाउँपालिकामा २ जना पुरुष, देउमाइ नगरपालिकामा ६ महिला ३ पुरुष, माइजोगमाईमा १ जना पुरुष र फाकफोकथुम गाउँपालिकामा १ जना पुरुष रहेका छन् ।

इलाममा हाल सम्म ३५१ जनामा कोरोना सक्रमण भएको छ । सवै भन्दा धेरै कोरोना संक्रमण इलाम नगरपालिकामा भएको छ इलाम नगरपालिकामा ८६ महिला र १११ पुरुष गरेर १९७ जना संक्रमित रहेका छन् । अहिले सम्म इलामको एक स्थानीय तह सन्दकपुर गाउँपालिका कोरोना कहरबाट सुरक्षित रहेको छ । 

इलाममा हाल सम्म कोरोना संक्रमणको कारण मृत्यु हुनेको संख्या ११ पुगेको छ  । मृत्यु हुनेमा चुलाचुली गाउँपालिकाका ३ जना, इलाम नगरपालिकाका ५ जना, देउमाइ नगरपालिकाका १ जना, सूर्योदय नगरपालिका १ जना र माइजोगमाइका १ जना रहेका छन् ।

यस्तै इलाममा कोराना संक्रमण मुक्तहुनेको संख्या ३३ पुगेको छ ।  


प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment