प्रदेश १ मा थप ९ सय ३७ जनामा कोरोना संक्रमण पुष्टि


विराटनगर । प्रदेश १ मा सोमबार ९ सय ३७ जनामा कोरोना संक्रमण देखिएको छ । सामाजिक विकास मन्त्रालयका अनुसार मोरङमा ३९८, झापामा २६३, सुनसरीमा ८७, उदयपुरमा ५२, ताप्लेजुङमा ३८, ते¥हथुममा ३०, इलाममा ११, पाँचथरमा ६, खोटाङमा ४, संखुवासभामा ३, भोजपुरमा २, धनकुटामा १ र प्रदेश १ बाहिरका ४२ जनामा संक्रमण पुष्टि भएको हो ।

मोरङको विराटनगरमा १२४ महिला र १७७ पुरुषसहित ३०१, सुन्दरहरैचामा ३५, कटहरीमा १३, उर्लाबारी र बुढीगंगामा ९–९, पथरीशनिश्चरेमा ८, बेलबारी र ग्रामथानमा ४–४, रंगेली, कानेपोखरी, केराबारी र मिक्लाजुङमा ३–३, धनपालथान, सुनबर्षी र स्थानीय तह नखुलेका १–१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

त्यस्तै, झापाको भद्रपुरमा ६३, विर्तामोडमा ४२, दमकमा ३४, मेचीनगरमा २५, अर्जुनधारा र कनकाईमा २०–२०, बुद्धशान्तिमा १७, गौरादहमा १४, कचनकवलमा ८, कमल गाउँपालिकामा ७, बा¥हदशीमा ४, स्थानीय तह नखुलेका ३, स्थानीय हल्दिबारी र झापा गाउँपालिकामा २–२, शिवसताक्षी र गौरीगञ्जमा १–१ जनामा कोरोना पुष्टि भएको छ ।

यता सुनसरीको धरानमा २८, इटहरीमा २५, इनरुवामा १४, कोशी गाउँपालिकामा ४, दुहवी, भोक्राहानरसिंह र देवानगञ्ज ३–३, बराहक्षेत्र र स्थानीय तह नखुलेका २–२, गढी, हरिनगर र बर्जुमा १–१ जनामा संक्रमण पुष्टि भएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

त्यस्तै, उदयपुरको बेलकामा ४२, त्रियुगा र स्थानीय तह नखुलेका ३–३,चौदण्डीगढी र कटारी २–२, ताप्लेजुङको फुङलिङमा ३४, मेरिङदेन, मिक्वाखोला, सिदिङ्वा र स्थानीय तह नखुलेका १–१, ते¥हथुमको म्याङलुङमा २८, मेन्छयायेम र स्थानीय तह नखुलेका १–१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

इलामको इलाम नगरपालिकामा ६, चुलाचुलीमा २, देउमाई, रोङ र सुर्योदयमा १–१, पाँचथरको फालेलुङमा ५ र फिदिममा १, खोटाङको खोटेहाङमा ३ र स्थानीय तह नखुलेका १, संखुवासभाको खाँदबारीमा २, पाँचखपनमा १, भोजपुरमा २, धनकुटामा १ र प्रदेश १ बाहिरका ४२ जनामा संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ ।

योसँगै प्रदेश १ मा कोरोना संक्रमितको संख्या ३८ हजार ९२० पुगेको छ । संक्रमित भएकामध्ये ३० हजार ३०२ संक्रमणमुक्त भएका छन् । सोमबार ७० जना संक्रमणमुक्त भएका छन् । सक्रिय संक्रमितको संख्या ८ हजार ५० पुगेको छ ।

प्रदेश १ मा २७ गते १ हजार ९८२ जनाको पीसीआर परीक्षण गरिएको छ । परीक्षण गरिएकामध्ये ३८७ महिला र ५५० पुरुषको रिपोर्ट पोजेटिभ आएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment