मुलुकभर ९ हजार २७१ जना नयाँ कोरोना संक्रमित थपिए, १३९ को मृत्यु

 काठमाडौं । नेपालमा पछिल्लो समय दिनप्रति दिन कोरोना संक्रमितहरू तीब्र रुपमा बढिरहेका छन् । मुलुकभर पछिल्लो २४ घण्टामा ९ हजार २७१ जना नयाँ कोरोना संक्रमित फेला परेका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार मुलुकभर १८ हजार ४११ जनाको पीसीआर–एन्टिजेन परीक्षण ९ हजार २७१ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

१७ हजार ६२३ जनाको आरटी–पीसीआर परीक्षण र ७ सय ८८ जनाको एन्टिजेन परीक्षण गर्दा ९ हजार २७१ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

पछिल्लो २४ घण्टामा मुलुकभर ९ हजार २७१ जना नयाँ संक्रमित थपिएसँगै कुल संक्रमितको संख्या ४ लाख ३ हजार ७९४ पुगेको छ ।

पछिल्लो २४ घण्टामा ४ हजार ७ संक्रमित निको भए, १ सय ३९ को मृत्यु

कोरोना भाइरस कोभिड–१९ को संक्रमणबाट पछिल्लो २४ घण्टामा देशभर ४ हजार ७ जना निको भएर घर फर्किएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरबाट ४ हजार ७ जना निको हुँदा डिस्चार्ज हुनेहरुको कुल संख्या ३ लाख ६ हजार ७९४ पुगेको छ ।

यसैगरी क्वारेन्टाइनमा रहनेको संख्या ४ सय २७ रहेको छ । पछिल्लो २४ घण्टामा देशभर १८ हजार ४११ जनाको पीसीआर–एन्टिजेन परीक्षण हुँदा हालसम्म कुल २६ लाख ५२ हजार १३० जनाको पीसीआररएन्टिजेन परीक्षण भएको छ ।

यसै गरी पछिल्लो २४ घण्टामा थप १ सय ३९ संक्रमितको मृत्यु भएको छ । हालसम्म नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ३ हजार ८५९ पुगेको छ ।

प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment