इलाम, २७ बैशाखः दोस्रो चरणको कोरोना संक्रमणले देशै भरी तिव्र रुपमा फैलिएको बेला इलाममा पनि आज थप ४१ जनामा कोरोण संक्रमण पुष्टी भएको छ ।
संक्रमित हुनेमा इलाम नगरपालिकामा सवै भन्दा धेरै २७ जनामा संक्रमण पुष्ठी भएको छ । जसमा ११ महिला, १६ पुरुष रहेको छन् । रोङ गाउँपालिकामा एक जना पुरुष, माई नगरपालिकामा २ जना पुरुष, चुलाचुली गाउँपालिकामा ४ महिला ४ पुरुष, देउमाइ नगरापलिकामा १ पुरुष, फाकफोकथुम गाउँपालिकामा १ पुरुष र माइजोगमाइमा १ पुरुष रहेका छन् ।
इलाममा हाल सम्म १९२ जनामा कोरोना सक्रमण भएको छ भने ५ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा चुलाचुली गाउँपालिकाका दुई जना र इलाम नगरपालिकाका ३ जना रहेका छन् ।
0 comments:
Post a Comment