प्रदेश १ मा ५ सय ७७ जना नयाँ संक्रमित थपिए

 प्रदेश १ मा बुधबार ५ सय ७७ जना नयाँ कोरोना संक्रमित थपिएका छन् । बुधबार मोरङमा १९६, झापामा १७८, सुनसरीमा १०१, धनकुटामा २२, इलाममा १७, संखुवासभामा ८ जनामा कोरोना पुष्टि भएको हो ।

त्यस्तै, उदयपुर र भोजपुरमा ४–४, पाँचथरमा ३, खोटाङ, ताप्लेजुङ र तेर्हथुममा १–१ र प्रदेश १ बाहिरका ४१ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

योसँगै प्रदेश १ मा कोरोना संक्रमितको संख्या ३५ हजार १२९ पुगेको छ । संक्रमित भएका मध्ये ३० हजार ९० संक्रमणमुक्त भएका छन् । सक्रिय संक्रमितको संख्या ४ हजार ५११ पुगेको छ ।

प्रदेश १ मा बुधबार १ हजार ३२१ जनाको पीसीआर परीक्षण गरिएको छ । परीक्षण गरिएकामध्ये २२५ महिला र ३५२ पुरुषको रिपोर्ट पोजेटिभ आएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment