विश्वासको मत लिने भएपछि ओलीको दौडधुप : सभापति देउवालाई भेटेर फर्किए प्रधानमन्त्री ओली

 काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओली र प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच भेटघाट भएको छ । बुधवार दिउँसो सभापति देउवालाई भेट्न प्रधानमन्त्री ओली देउवा निवास बुढानिलकण्ठ पुगेका हुन् ।

प्रधानमन्त्री ओली देउवालाई भेट्न नेकपा एमालेका नेताहरु ईश्वर पोखरेल, सुवास नेम्वाङ र रामबहादुर थापा बादलसहित पुगेको बुढानिलकण्ठ पुगेकाे थियाे ।

आजको भेटघाटमा ओली र सभापति देउवाबीच पछिल्लो राजनीतिक घटनाक्रमका बारेमा कुरानकानी भएको बुढानिलकण्ठ स्रोतले बताएको छ ।  २७ गते आफूले संसदबाट विश्वासको मत लिने घोषणा गरेसँगै प्रधानमन्त्री ओली देउवालाई भेट्न बुढानिलकण्ठ पुगेका हुन् ।

प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment