प्रधानमन्त्री ओलीद्वारा आफूलाई सहयोग गर्न राखेको प्रस्ताव कांग्रेसद्वारा अस्वीकार

काठमाडौं । संसदमा विश्वासको मत लिने दाबी गरेका प्रधानमन्त्री केपी शर्मा ओली बुधबार विश्वासको मतका लागि वातावरण बनाउन दलबलसहित प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई भेट्न बूढानीलकण्ठ पुगे ।

तर, जवाफमा कांग्रेसले विश्वासको मत दिन नसक्ने स्पष्ट बताएपछि ओलीको टोली फर्केको थियो । ओलीलाई देउवालगायतका नेताले अध्यादेशबाट देश चलाउन खोजेको, संविधानप्रति सरकार प्रतिवद्ध नरहेको र कोरोना नियन्त्रणमा सरकार गम्भीर नरहेको भन्दै ध्यानाकार्षण गराएका थिए ।

वैशाख २७ गते प्रधानमन्त्री ओलीले संसदमा विश्वासको मत लिँदैछन् ।

प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment