कोशी कोभिड–१९ उपचार केन्द्र र नोवेल शिक्षण अस्पतालमा गर्भवती महिलासहित ४ संक्रमितको मृत्यु

 


विराटनगर । कोरोना संक्रमणका कारण विहीवार विहान विराटनगरस्थित कोशी कोभिड–१९ उपचार केन्द्रमा तीन जनाको मृत्यु भएको छ भने नोवेल शिक्षण अस्पतालमा बुधबार राति एक जना गर्भवती महिलाको संक्रमणका कारण मृत्यु भएको छ ।

विराटनगर–५ की ३५ वर्षीया ८ महिनाकी गर्भवती महिलाको संक्रमणका कारण नोबेल मेडिकल कलेजमा मृत्यु भएको अस्पतालले जनाएको छ । सार्सफेर्न समया भएर दिउसो अस्पताल लगिएको उनको उपचारको क्रममा राति मृत्यु भएको अस्पतालले जनाएको छ ।

यसैगरी मोरङको जहदा गाँउपालिका–५ का २५ वर्षीय पुरुष, विराटनगर महानगरपालिका–१० का ५७ वर्षीय पुरुष र सुनसरी जिल्ला कोशी गाँउपालिका–४ का ६५ वर्षीय पुरुषकोे २३ गते विहान कोभिड १९ उपचार केन्द विराटनगरमा उपचारको क्रममा मृत्यु भएको हो ।

२५ वर्षीय पुरुषमा संक्रमण पुष्टि भएपछि १९ गते उपचार केन्द्रमा भर्ना गरिएको थियो । उनलाई सार्सफेर्न समस्या हुनुका साथै अक्सिजनको लेवल कम भएको कारण उपचारमा समस्या आएको थियो ।

२२ गते सिकिस्त अवस्थामा अस्पताल ल्याइएको अन्य दुई संक्रमितको पनि अक्सिजनको मात्रा कम भएको र निमोनिया भएका कारण मृत्यु भएको सो उपचार केन्द्रले जनाएको छ ।

अस्पताल ल्याउदा नै उनीहरुको अवस्था नाजुक भएको उपचारमा संलग्न चिकित्सकहरुले बताएका छन् । कोभिड–१९ उपचार केन्द्रमा समस्या भएका संक्रमितलाई मात्र भर्ना लिइने गरिएको छ ।

हाल सो उपचार केन्द्रमा ५० जना क्रिटिकल विरामीहरुको उपचार भइरहेको छ । त्यस्तै, ३ जनाको भेन्टिलेलरमा उपचार भइरहेको छ भने अन्यको आईसीयूमा उपचार भइरहेको उपचार केन्द्र व्यवस्थापकले जानकारी दिएको छ ।

प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment