पाँचथरमा नौ जनामा कोभिड–१९ सङ्क्रमण पुष्टि


फिदिम । सोमवार पाँचथरमा नौ जनामा कोभिड–१९ सङ्क्रमण पुष्टि भएको छ । जिल्लाको याङवरक गाउँपालिका–१ च्याङथापूका आठ तथा फिदिमका एक जनामा कोभिड–१९ को सङ्क्रमण देखिएको हो । एन्टिजेन परीक्षणमा उनीहरुमा सङ्क्रमण देखिएको स्वास्थ्य कार्यालय पाँचथरका प्रमुख नारद सुवेदीले जानकारी दिनुभयो ।

च्याङथापूमा एक स्थानीय वृद्धको चौरासी पूजामा झापाबाट आएका आफन्तबाट स्थानीयवासीमा सङ्क्रमण भएको पाइएको छ । याङवरक–१ का वडाध्यक्ष मोहनकुमार ढुङ्गेलका अनुसार वैशाक ११ गतेको पूजाका लागि वैशाक १० गते आफन्तहरु झापाबाट साविक च्याङथापू–१ नाम्रेक आएका थिए ।

उनीहरु वैशाक १२ वा १३ मा झापा फर्किएपछि विरामी परेका थिए भने नाम्रेकका आफन्तहरु समेत विरामी परेका थिए । पाहुना आएकाहरुमा गरिएको परीक्षणमा कोभिड–१९ को सङ्क्रमण देखिएपछि आज सोमवार यहाँका स्थानीयमा गरिएको परीक्षणमा सङ्क्रमण देखिएको हो ।

उनीहरु अहिले होम आइसोलेसनमा रहेको र भोलिका दिनमा कसरी राख्ने भन्ने विषयमा गाउँपालिका अध्यक्ष लेखनाथ घिमिरे सहितका सरोकारवालाको निर्देशन कुरिरहेको वडाध्यक्ष ढुङ्गेलको भनाई छ । सङ्क्रमितमध्ये चौरासीको पूजा लगाएका ८४ वर्षीय वृद्धलाई श्वासप्रश्वासमा समस्या देखिएको छ भने बाँकीलाई ज्वरो आएको वडाध्यक्ष ढुङ्गेलले वताउनुभयो ।

फिदिममा भने १५ जनाको एन्टिजेन परीक्षणमा एक जनामा सङ्क्रमण देखिएको हो । फिदिममा हिँजो आइतवार दुई जनामा सङ्क्रमण देखिएको थियो ।

उनीहरु कर्मचारी र नेपाली सेना रहेको स्वास्थ्य कार्यालयका प्रमुख सुवेदीको भनाई छ । पाँचथरमा सक्रिय सङ्क्रमितको संख्या ११ पुगेको छ । जिल्लामा परीक्षण नगराएका र जिल्ला वाहिर रहेकाहरुको संख्या उक्त संख्यामा गणना नभएको सुवेदीले वताउनुभयो ।

प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment