मोरङको बुढीगँगामा कोरोना संक्रमितलाई अस्पताल भर्ना गर्दा १ लाखसम्म धराैटी

 


विराटनगर । सरकारले कोरोना संक्रमतको उपचार गर्न धरौटी लिन नपाउने भनि रहदा मोरङको बुढीगँगामा संचालित विराट शिक्षण अस्पतालले संक्रमितहरु संग धरौटि लिने गरेको पाइएको छ ।

सरकारसंग उपचार कोरोना संक्रमितको उपचार गर्नकोलागि एक सय बेडको संझौता गरेको विराट अस्पतालले २ सय ५० वेडमा कोरोना संक्रमितको उपचार गर्दै आएको छ ।

विराट शिक्षण अस्पतालमा उपचार गराउन आएका संक्रमितका आफन्तहरुले अस्पतालमा ५० हजार देखि १ लाख सम्म धरौटी जम्मा गरेको र औषधी पसलमा २५ हजार सम्म धरौटी राखेको बताएका छन् ।

संक्रमितका आफन्तहरु यता अस्पताल प्रशसकले भने संक्रमितहरुको लागि खाना,सिटी स्क्यान गर्नको लागि र महंगो कोठामा बस्नेहरुसंग डिपोजिट लिने गरेको बताएको छ ।

अस्पताल भर्ना गरेपछि भित्रबाटै सबै काम गरिदिनु पर्ने भएकाले अस्पतालमा आउने संक्रमितहरुलाई सजिलो होस भन्ने उद्येश्यले धरौटि लिएको बताएको छ ।

अस्पतालहरुले सरकारसंगको सम्झौता अनुसार संक्रमितको उपचार गर्नु पर्ने र कुनै पनि बाहानामा धरौटि लिन नपाइने यदि त्यस्तो भेटाए कारवाही गरिने मोरङका प्रमुख जिल्ला अधिकारी कोशहरी निरौलाले बताउनु भएको छ ।

प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment