इलाम, १ जेठः दोस्रो चरणको कोरोना संक्रमणले देशै भरी तिव्र रुपमा फैलिएको बेला इलाममा पनि आज थप ५६ जनामा कोरोण संक्रमण पुष्टी भएको छ ।
संक्रमित हुनेमा सवै भन्दा धेरै इलाम नगरपालिकामा ३८ जना थपिएका छन् जस्मा २५ जना पुरुष १३ जना महिला, सूर्योदय नगरपालिकाका २ जना पुरुष २ जना महिला, चुलाचुली गाउँपालिकामा ५ जना पुरुष ५ जना महिला, रोङ गाउँपालिकामा १ जना महिला र फाकफोकथुम गाउँपालिकामा ३ जना पुरुष रहेका छन् ।
इलाममा हाल सम्म ३१० जनामा कोरोना सक्रमण भएको छ । सवै भन्दा धेरै कोरोना संक्रमण इलाम नगरपालिकामा भएको छ इलाम नगरपालिकामा ७४ महिला र ९५ पुरुष गरेर १६९ जना संक्रमित रहेका छन् । अहिले सम्म इलामको एक स्थानीय तह सन्दकपुर गाउँपालिका कोरोना कहरबाट सुरक्षित रहेको छ ।
इलाममा थप एकको मृत्यु
इलाममा आज थप एकजना पुरुषको मृत्यु भएको छ । मृत्यु हुनेमा इलाम नगरपालिका ९ का ३४ वर्षिय पुरुष रहेका छन् । इलाममा हाल सम्म कोरोना संक्रमणको कारण मृत्यु हुनेको संख्या ११ पुगेको छ । मृत्यु हुनेमा चुलाचुली गाउँपालिकाका ३ जना, इलाम नगरपालिकाका ५ जना, देउमाइ नगरपालिकाका १ जना, सूर्योदय नगरपालिका १ जना र माइजोगमाइका १ जना रहेका छन् ।
यस्तै इलाममा कोराना संक्रमण मुक्तहुनेको संख्या २३ पुगेको छ ।
0 comments:
Post a Comment