हेलिकप्टरमार्फत् थप २ संक्रमितलाई विर्तामोडस्थित बीएण्डसी अस्पताल ल्याइयो



झापा । भेन्टिलेटरसहितको बेड अभाव भएपछि आज पनि हेलिकप्टरबाट २ जना संक्रमितलाई उपचारका लागि झापाको विर्तामोडस्थित बीएण्डसी अस्पतालमा ल्याइएको छ ।

आज नेपालगञ्जका ६१ वर्षीय प्रेम कुमार सोनी र ओखलढुङगाका ५५ वर्षीय नरनाथ फुयाँललाई ल्याइएको अस्पतालका सूचना अधिकारी प्रमिश गिरीले जानकारी दिए ।

भेन्टिलेटरको सुविधा भएका कारण देशका विभिन्न भागबाट १५ जना कोभिड संक्रमितलाई उपचारका लागि ल्याइसकिएको छ । गिरीका अनुसार उपचार सहज हुने र बेड सुविधा भएकाले संक्रमितहरु उपचारका लागि आउने गरेका हुन् ।

बीएण्डसीमा हाल ५० जना संक्रमितको उपचार भइरहेको गिरीले जानकारी दिए । आईसीयूमा २५, एचडीयूमा १२ र जेनेरल वार्डमा १३ जनाको उपचार भइरहेको छ ।

बीएण्डसीले कोभिड संक्रमितको लागि अलग्गै वार्ड व्यवस्था मिलाएका कारण अन्य क्षेत्रका संक्रमित उपचार गर्न आइरहेका छन् । सूचना अधिकारीले बीएण्डसीमा कोभिड उपचारका लागि २ सय वेड तयार गरेको जानकारी दिए ।

प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment