झापामा थप दुई संक्रमितको मृत्यु, कुल मृतकको संख्या १ सय ५८ पुग्यो


झापा । झापामा मंगलबार बिहान थप दुईजना कोरोना संक्रमितको मृत्यु भएको छ । योसंगै जिल्लामा कूल संक्रमित मृतकको संख्या १ सय ५८ पुगेको छ ।

आज मृत्यु हुनेहरुमा दमक र गौरादहका एक–एकजना महिला र पुरुष रहेका छन् ।

दमक ६ की ५५ वर्र्षीया महिलाको विराट मेडिकल कलेजमा आज बिहान ५ बजे मृत्यु भएको दमक नगरपालिका स्वास्थ्य शाखाका कुबेर भट्टराईले जानकारी दिए ।

बैशाख १७ गते संक्रमण पुष्टि भएपछि उनलाई दमकको कोभिड हस्पिटलमा भर्ना गरिएको थियो । उनको स्वास्थ्यमा थप समस्या देखिएपछि पाँच दिनदेखि उनको विराट मेडिकल कलेजमा विराटनगरमा उपचार भइरहेको थियो । त्यही उनको मृत्यु भएको हो ।

त्यस्तै आज बिहान गौरादह २ का ५५ वर्षीय पुरुषको होम आइसोलेसनमा मृत्यु भएको छ । उनलाई बैशाख २५ गते संक्रमण पुष्टि भएको थियो ।

प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment