१४९ सांसदको हस्ताक्षरसहित देउवाले प्रधानमन्त्री नियुक्तिका लागि दाबी पेश गर्ने


काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री नियुक्तिका लागि राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष दाबी पेश गर्ने भएका छन् ।

आज सिहदरबारमा बसेको बैठकमा नेकपा (माओवादी केन्द्र), नेपाली कांग्रेस, जसपाको उपेन्द्र यादव पक्ष र नेकपा (एमाले)को माधवकुमार नेपाल समूहका शीर्ष नेताहरुले सभापति देउवालाई प्रधानमन्त्रीका रुपमा अघि सार्ने सहमति जुटाएका हुन् ।

सभापति देउवाको पक्षमा १४९ सांसदले हस्तक्षर गरेका छन्, जसका लागि कांग्रेसका ६१, माओवादी केन्द्रका ४९ (एक स्वतन्त्रसहित), माधव नेपाल समूहका २७ र जसपाका १२ सांसदले हस्ताक्षर गरेका छन् ।

७६(५) अनुसार प्रधानमन्त्रीमा नियुक्त गर्न संसदको बहुमत प्राप्त गर्ने आधार प्रस्तुत गर्न राष्ट्रपति भण्डारीले साँझ ५ बजेसम्मको समय दिएकी छ । तर, उक्त हस्ताक्षर ५ बजे अगाडि नै राष्ट्रपति भण्डारीलाई बुझाउने तयारी भएको बताइएको छ ।


प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment