प्रधानमन्त्रीको दाबीसहित केपी ओली पनि शीतल निवासमा


काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली पनि प्रधानमन्त्री पदको दाबीसहित शीतल निवास पुग्नुभएको छ । शुक्रबार विपक्षी दलहरु कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्रीको दाबीसहित शीतलनिवास पुग्नु अगाडि नै ओली त्यहाँ पुग्नुभएको हो ।

एमालेका १२१ र जसपाका १७ सांसदको हस्ताक्षर लिएर ओली शीतलनिवास पुग्नुभएको हो । यसअघि बालुवाटारमा आयोजित अन्तरक्रियामा ओलीले आफूले पनि सरकारका लागि दावी पेस गर्ने बताउनुभएको थियो ।

त्यसोत, अर्कोतर्फ सभापति देउवाको पक्षमा १४९ सांसदले हस्तक्षर गरेका छन्, जसका लागि कांग्रेसका ६१, माओवादी केन्द्रका ४९ (एक स्वतन्त्रसहित), माधव नेपाल समूहका २७ र जसपाका १२ सांसदले हस्ताक्षर गरेका छन् ।

प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment