इलाममा विवाह र विभिन्न कार्यक्रमले गाउँभरी फैलिदै कोरोना एकै दिन ९३ जना संक्रमित


इलाम, ७ जेठः दोस्रो चरणको कोरोना संक्रमणले देशै भरी तिव्र रुपमा फैलिएको बेला इलाममा पनि आज थप ९३ जनामा कोरोण संक्रमण पुष्टी भएको छ । 

इलामका सहर बजारमा निशेधाज्ञा भएको वेला गाउँगाउँमा भएका विवाह  विभिन्न प्रकारका कार्यक्रममा भएको मानिसहरुको भिडभाड र नेपाल सरकारले भनेको स्वास्थ्य मापडण्डको पालना नगर्नुका कारण समुदायमा तिव्र रुपमा कोरोना संक्रमण फैलेको हो । इलाममा आज एकै दिन ३०  महिला र ६३ पुरुषमा कोरोना संक्रमण पुष्टी भएको छ । 

संक्रमित हुनेमा इलाम नगरपालिकाका १० जना पुरुष ९ जना महिला, सूर्योदय नगरपालिका ३ महिला १९ पुरुष, रोङ गाउँपालिका ५ महिला १३ पुरुष,  चुलाचुलली गाउँपालिकामा ४ पुरुष, माइ नगरापालिका ६ महिला ८ पुरुष र  माङसेवुङ गाउँपालिका ७ महिला ९ पुरुष रहेका छन् ।

इलाममा हाल सम्म ५१२ जनामा कोरोना सक्रमण भएको छ । सवै भन्दा धेरै कोरोना संक्रमण इलाम नगरपालिकामा भएको छ इलाम नगरपालिकामा ११३ महिला र १४१ पुरुष गरेर २५४ जना संक्रमित रहेका छन् । अहिले सम्म इलामको एक स्थानीय तह सन्दकपुर गाउँपालिका कोरोना कहरबाट सुरक्षित रहेको छ । 

इलाममा हाल सम्म कोरोना संक्रमणको कारण मृत्यु हुनेको संख्या १४ पुगेको छ  । मृत्यु हुनेमा चुलाचुली गाउँपालिकाका ३ जना, इलाम नगरपालिकाका ७ जना, देउमाइ नगरपालिकाका १ जना, सूर्योदय नगरपालिका २ जना र माइजोगमाइका १ जना रहेका छन् ।

इलाममा  ५१२ जना संक्रमित भएका छन् । यस्तै इलाममा कोराना संक्रमण मुक्तहुनेको संख्या ४५ पुगेको छ ।  


प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment