कोरोना कहर : आइतबारदेखि झापामा पनि निषेधाज्ञा लागू गर्ने डीसीसीएमसीको निर्णय

 । कोरोना भाइरसको संक्रमण दिन प्रतिदिन बढ्दै गएपछि भारतसँग सीमा जोडिएको झापामा आइतबारदेखि जिल्लाभर निषेधाज्ञा लागू हुने भएको छ। वैशाख २६ गतेसम्मका लागि एक साता निषेधाज्ञा जारी गर्ने निणर्य भएको झापाका प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिमिल्सिनाले बताए ।

जिल्लामा शुक्रबार बसेको डीसीसीएमसीको बैठकले झापामा कोरोना संक्रमण जोखिमलाई मध्यनजर गर्दै एकसाता निषेधाज्ञा लगाउने निर्णय भएको बताइएको छ ।

झापाका प्रमुख जिल्ला अधिकारी तिमिल्सनाद्वारा हस्ताक्षरित विज्ञप्तीमा सर्वसाधारण, कार्यालय सञ्चालन र सभा सम्मेलनको हकमा छुट्टा–छुट्टै निर्णय गरेको छ ।

सर्वसाधारणका लागि अत्यावश्यक काम बाहेक घर बाहिर ननिस्कन, नेपाल सरकारले तोकेको मापदण्ड अनिवार्य पालना गर्न, कुनै पनि भेला, जुलुस, सभा सम्मेलन, छलफल गोष्ठी नगर्न भनेको छ ।

त्यस्तै हाट, बजार, मेला, जात्रा, महोत्सव, पार्टी, भोज लगायत भीडभाड हुने कार्य नगर्ने–नगराउने आदेश गरिएको छ । त्यस्तै यातायता सञ्चालनको हकमा जोर विजोर प्रणाली लागू गर्ने निर्णय भएको छ । जस अन्तर्गत जोर गते जोर नम्बर र बिजोर गते बिजोर नम्बरका सवारी साधन सञ्चालन गर्ने निर्णय भएको छ ।

विबाह ब्रतबन्ध तथा अन्य समाजिक कार्यका लागि स्थानीय तहको सिफारिसमा दुइ जना सवारी साधनमा बढीमा ७ जनासम्मका लागि जिल्ला प्रसाशन कार्यालयमा अनुमति लिनुपर्ने जनाइएको छ । त्यस्ता कार्यमा बढीमा २५ जनासम्म मात्र सहभागी बन्न पाउने व्यवस्था गरिएको छ ।

आदेश उलङ्घन गर्ने जो कोहीलाई संक्रामक रोग नियन्त्रण ऐन २०२० तथा प्रचलित कानून बमोजिम कारबाही गरिने जनाइएको छ ।

प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment