कोरोना संक्रमणबाट झापामा थप २ जनाको मृत्यु

 

झापा ।
 कोरोना संक्रमणबाट झापाका थप दुई व्यक्तिको मृत्यु भएको छ । मृत्यु हुनेमा दुवै पुरुष अर्जुनधारा नगरपालिका रहेकाेअर्जुनधारा नगर स्वास्थ्य शाखाले जनाएको छ ।

अर्जुनधारा नगर स्वास्थ्य शाखाका अनुसार मृत्यु हुनेमा अर्जुनधारा- ५ का प्रधान थरका ६१ वर्षीय पुरुष रहेका छन् । उनको उपचारका क्रमममा धरानमा मध्यरातमा मृत्यु भएको हो ।

त्यस्तै, अर्जुनधारा ९ का अधिकारी थरका ४२ वर्षीय पुरुषको पनि मृत्यु भएको छ । उनको आज बिहान ३ बजे बिएन्डसीमा उपचारका क्रममा मृत्यु भएको जनाइएको छ ।

प्रधानलाई अन्य रोगको उपचारका लागि धरान लगिएकोमा उतै परीक्षण गर्दा वैशाख १६ गते संक्रमण पुष्टि भएको थियो । यस्तै, अधिकारीलाई वैशाख २३ गते संक्रमण पुष्टि भएको थियो ।

यो सँगै झापामा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १ सय ५० पुगेको छ ।

प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment