एसइई र कक्षा १२ को परीक्षा स्थगित



काठमाडौं । एसईई र कक्षा १२ को परीक्षा स्थगित भएको छ । राष्ट्रिय परीक्षा बोर्डले एसईई र कक्षा १२ को परीक्षा स्थगित गरेको हो ।

बोर्डका अध्यक्ष चन्द्रमणि पौडेलका अनुसार सोमबार बसेको बोर्ड बैठकले जेठ १३ गतेबाट सञ्चालन हुने एसईई र जेठ २६ गतेबाट हुने कक्षा १२ को परीक्षा स्थगित गर्ने निर्णय गरेको हो ।

अर्को सूचना नभएसम्मका लागि दुवै परीक्षा स्थगित गरिएको अध्यक्ष पौडेलले बताए ।  एसइईको प्रश्नपत्र छापिएर कतिपय प्रदेशको प्याकिङसमेत भइसकेको बताइएकाे छ ।

महामारीका कारण अहिले शैक्षिक संस्था बन्द मात्र छैनन्, अधिकांश जिल्लामा निषेधाज्ञासमेत छ । ५ लाख १७ हजार विद्यार्थी एसईईको तयारी छन् । कक्षा १२ मा  करिब ४ लाख परीक्षार्थी  छन् ।

यसवर्ष कक्षा १२ को हकमा अनलाइनबाट प्रश्नपत्र पठाउने व्यवस्था गरिएको छ । गतवर्ष पनि कोरोना महामारीकाबीच अनलाइनबाटै प्रश्नपत्र पठाएर घरपायक परीक्षा केन्द्रमा परीक्षा सञ्चालन गरिएको थियो । यो वर्ष इन्टरनेट सुविधा पुगेका निश्चित परीक्षा केन्द्रमा मात्रै प्रश्नपत्र पठाएर परीक्षा लिने तयारी छ ।

प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment