नेपाल भित्रिएका थप ११ जनाका कोरोना पुष्टि



विराटनगर । कोरोना संक्रमण रोकथाम तथा नियन्त्रणका लागि मुख्य बोर्डर जोगबनी हुँदै आएकाहरुको स्वास्थ्य परीक्षण गर्दा आइतबार ११ जनामा कोरोना संक्रमण देखिएको छ ।

जोगबनी नाकाबाट नेपाल भित्रिएका ६० जनामध्ये शंकास्पद ३३ जनामा एन्टिजेन परीक्षण गर्दा ११ जनामा कोरोना पोजेटिभ देखिएको सीमानाका जोगवनीको हेल्थ डेक्समा खटिएका स्वास्थ्यकर्मीले जानकारी दिए ।

वैशाख १ गतेदेखि १९ गतेसम्म ८ सय ९० जना उक्त नाका हुँदै नेपाल भित्रिएका छन् । जसमध्ये, ३६ जनामा एन्टिजेन पोजेटिभ देखिएको सिमानामा रहेको हेल्थ डेक्समा खटिएका स्वास्थ्यकर्मीहरुले बताए ।

मुख्य बोर्डरमा राखिएको हेल्थ डेस्कमा भारतबाट आएकाहरुमध्ये ज्वरो आएका, रुघा खोकी लागेकालगायतको मात्र एन्टिजेन परीक्षण गर्ने गरिन्छ । तर, अन्यलाई सामन्य स्वाथ्य परीक्षणपछि नाम ठेगाना लिएर छाडिने गरिन्छ ।

सामान्य लक्षण भएकाहरुलाई स्थानीय पालिकासँग समन्वय गरेर होम आइसोलेसनमा पठाइन्छ भने लक्षणसहितका पोजेटिभहरुलाई कोशी कोभिड–१९ उपचार केन्द्रमा राखेर उपचार गराइने जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।

मोरङको विराटनगर महानगरपालिका र केही स्थानीय तहहरुमा जिल्ला प्रशासन कार्यालय मोरङले १९ गतेदेखि एक साताको लागि निषेधाज्ञा घोषणा गरेको छ ।

प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment