आजदेखि आन्तरिक उडान बन्द हुने, बुधबारबाट अन्तर्राष्ट्रिय उडान पनि बन्द

माइपाेखरी न्युज, २० बैशाख


काठमाडौं । सरकारले काेराेना संक्रमण नियन्त्रणका लागि आज (साेमबार) मध्यरातिदेखि आन्तरिक उडान बन्द गराउँदैछ । कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी)को सिफारिसमा मन्त्रिपरिषदले निर्णय गर्दै आन्तरिक उडानका साथै अन्तर्राष्ट्रिय उडानमा पनि राेक लगाइने भएकाे हाे ।

बुधबार अर्थात् बैशा २२ गतेदेखि अन्तर्राष्ट्रिय उडान पनि बैशाख मसान्तसम्मका लागि रोक्ने सरकारले निर्णय गरेको छ । सरकारले कोभिड–१९ संक्रमण भयावहरुपमा फैलिएको निष्कर्ष निकाल्दै आन्तरिक र अन्तर्राष्ट्रिय उडानमा बैशाख मसान्तसम्म रोक लगाउने निर्णय गरेको हो ।

आज सोमबार १२ बजे रातिदेखि सबै आन्तरिक उडान बन्द हुनेछन् । मुलुक पुनः लकडाउनमा गएसँगै यासडक यातायातहरू बन्द भइसकेका छन् । यद्यपि केही जिल्ला वा क्षेत्रमा भने खुकुलै छन् ।

सरकारका प्रवक्त एवं सञ्चारमन्त्री पार्वत गुरूङले आइतबारको मन्त्रिपरिषद्को बैठकको निर्णय सुनाउँदै  बैशाख २० गते मध्यरातदेखि आन्तरिक उडान र बैशाख २२ गते मध्यरातदेखि अन्तर्राष्ट्रिय उडानमा रोक लगाउने बताएका थिए । तर राष्ट्रिय तथा अन्तर्राष्ट्रिय चार्टर्ड उडानहरुलाई भने अनुमति दिने निर्णय भएको  उनले बताए ।

यससँगै अब भारतलगायत सबै देशसँगको अन्तर्राष्ट्रिय उडान रोकिने भएका छन् । भारतबाट हुने सम्पूर्ण उडान स्थगित भएको छ भने ब्राजिल र दक्षिण अफ्रिकाबाट हुने उडान पनि बन्द गर्ने निर्णय भएको छ ।

प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment