
विराटनगर । उद्योगपति, नेता र मन्त्रिका आसेपासेहरुलाई मात्र कोरोनाविरुद्धको खोप सुटुक्क दिएको थाहा पाएपछि विराटनगरमा स्थानीले त्यसको विरोध गरेका छन् ।
शुक्रबार विराटनगर-२ तीनपैनीस्थित सिटी सिनेमा हल क्षेत्रमा कोरोनाविरूद्धको दोस्रो डोज पहुँचवालाईमात्र दिइएको सूचना पाएसँगै स्थानीय त्यसको विरोध गरेका हुन् ।
स्थानीयले विरोध गरेको सूचना पाएपछि प्रहरी घटनास्थलमा पुग्यो र स्थानीयलाई सम्झाइ बुझाइ गरेको थियो । विरोधपश्चात कोरोनाविरुद्धको खोप लगाउन सुटुक्क त्यहाँ पुगेका उद्योगपती, नेता र मन्त्रिनिकटका आसेपासेहरु आफ्नो बाटो लागेका थिए ।
स्थानीले सुरक्षाकर्मी, स्वास्थ्यकर्मीसहित कोरोनाविरुद्ध मैदान उत्रिएकाहरुलाई खोप लगाएको भए आफूहरुले सलाम दिने बताएका थिए । उनीहरुका अनुसार महामारीविरुद्ध नखटिने तर, खोप लगाउन सुटुक्कै आएपछि त्यसको विरोध नगरी बस्न सकेनौँ ।
स्थानीले पहुँचवालालाई कोरोनाविरुद्धको दोस्रो डोज सुटुक्क लगाइदै छ भन्ने सूचना पाएसँगै आफूहलाई पनि खोप चाहिने भन्दै पुग्दा धेरेजसो उद्योगी, नेताले खोप लगाइसकेका थिए ।
उद्योग संगठनका अध्यक्ष तथा सिटी सिनेमा हलका सञ्चालक सुयस प्याकुरेलले नै पहुँचवालालाई सुटुक्क बोलाएर खोप लगाएको बताइएको छ ।
निश्चित व्यक्तिलाई मात्र खोप लगाउने भनिए पनि पहुँचवालालाई सुटुक्क खोप लगाइएपछि स्थानीयले उक्त विषयको निष्पक्ष छानबिन हुनुपर्ने माग गरेका छन्।
0 comments:
Post a Comment