मुलुकभर ४ हजार ४८७ जना नयाँ कोरोना संक्रमित थपिए, ११६ को मृत्यु


काठमाडौं । नेपालमा पछिल्लो समय दिनप्रति दिन कोरोना संक्रमितहरू तीब्र रुपमा बढिरहेका छन् । मुलुकभर पछिल्लो २४ घण्टामा ४ हजार ४८७ जना नयाँ कोरोना संक्रमित फेला परेका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार मुलुकभर १४ हजार ७५२ जनाको पीसीआर–एन्टिजेन परीक्षण ४ हजार ४८७ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

१४ हजार ६ जनाको आरटी–पीसीआर परीक्षण गर्दा ४ हजार ३११ र ७ सय ४६ जनाको एन्टिजेन परीक्षण गर्दा १ सय ७६ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

पछिल्लो २४ घण्टामा मुलुकभर ४ हजार ४८७ जना नयाँ संक्रमित थपिएसँगै कुल संक्रमितको संख्या ५ लाख ५३ हजार ४२२ पुगेको छ ।

पछिल्लो २४ घण्टामा ६ हजार ६० संक्रमित निको भए, ११६ को मृत्यु

कोरोना भाइरस कोभिड–१९ को संक्रमणबाट पछिल्लो २४ घण्टामा देशभर ६ हजार ८० जना निको भएर घर फर्किएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरबाट ६ हजार ८० जना निको हुँदा डिस्चार्ज हुनेहरुको कुल संख्या ४ लाख ३४ हजार ७५० पुगेको छ ।

यसैगरी क्वारेन्टाइनमा रहनेको संख्या ८ हजार ९१ रहेको छ । पछिल्लो २४ घण्टामा देशभर १४ हजार ७५२ जनाको पीसीआर–एन्टिजेन परीक्षण हुँदा हालसम्म कुल ३० लाख ३१ हजार ३८३ जनाको पीसीआर–एन्टिजेन परीक्षण भएको छ ।

यसै गरी पछिल्लो २४ घण्टामा थप १ सय १६ संक्रमितको मृत्यु भएको छ । हालसम्म नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ७ हजार १६३ पुगेको छ ।

प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment