वृद्धभत्ता बढ्यो, अब मासिक ४ हजार




काठमाडौं । सरकारले जेष्ठ नागरिकको भत्ता बढाएको छ । आर्थिक वर्ष २०७८/७९ को बजेट भाषणका क्रममा अर्थमन्त्री विष्णु पौडेलले भत्ता बढाएर मासिक ४ हजार पुर्याइएको बताएका हुन् ।उनका अनुसार वृद्धा भत्ता वृद्धिसँगै सबै किसिमको सामाजिक सुरक्षा भत्ता ३३ प्रतिशतले बढाइएको छ।

सरकारले योगदानमा आधारित सामाजिक सुरक्षा आयोजना विस्तारका लागि १४ अर्ब विनियोजन गरेको छ ।

सबै खाले श्रमिक, कर्मचारी तथा प्राध्यापकहरुलाई समेत सो योजनामा समेटिने अर्थमन्त्री पौडेलले बताए ।

प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment