राष्ट्रपतिद्वारा मध्यरातमा संसद विघटन, कात्तिक २६ र मङि्सर ३ मा निर्वाचन गर्ने घाेषणा



कठमाडौ । राष्ट्रपति विद्यादेवी भण्डारीले मध्यरातमा प्रतिनिधिसभा विघटनकाे घाेषणा गर्नुभएकाे छ । गएराति संसद विघटनकाे घाेषणा भएसँगै आगामी कातिक २६ र मङ्सिर ३ गते गरी २ चरणमा मध्यावधि निर्वाचनको घोषणा गर्नुभएको छ ।

शुक्रबारै अबेर बसेकाे मन्त्रिपरिषद बैठकले प्रतिनिधिसभा भंग गरी मध्यावधि निर्वाचनको मिति घोषणा गर्न सिफारिस गरेको थियो । त्यसअघि राष्ट्रपतिले आह्वान गरेअनुसार संविधानकाे धारा ७६ (५) मबाेजिम नयाँ सरकार गठनका लागि विपक्षी गठबन्धन र स्वयं प्रधानमन्त्री केपी शर्मा ओलीले दाबी पेश गरिसकेका थिए । तर रातारात प्रतिनिधिसभा विघटन गरिएकाे हाे ।

राष्ट्रपति विद्यादेवी भण्डारीले शुक्रबार नै प्रधानमन्त्री पदका लागि ओली र विपक्षी गठबन्धनका शेरबहादुर देउवाद्वारा परेकाे दाबी अस्वीकार गर्नुभएकाे थियाे । यसअघि पनि गत पुस ५ गते प्रधानमन्त्रीकाे सिफारिसमा राष्ट्रपति भण्डारीले संसद विघटन गरेपछि उक्त कदम असंवैधानिक रहेकाे ठहर गर्दै सर्वाेच्च अदालतले खारेज गरिदिएकाे थियाे ।

प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment