बाबुरामले भने- ‘ओली-विद्या कुकर्म, गणतन्त्र र संविधान खारेज गर्ने प्रपञ्च हो’


काठमाडाैँ । पूर्व प्रधानमन्त्री तथा जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष बाबुराम भट्टराईले संसद विघटनलाई प्रधानमन्त्री केपी शर्मा ओली र राष्ट्रपति विद्यादेवी भण्डारीको कुकर्म भनेका छन् ।

एक ट्वीट लेख्दै उनले मध्यरातमा संसद विघटन गरिनु चुनाव गर्नका लागि नभएर संघीय लोकतान्त्रिक गणतन्त्र र संविधान नै खारेज गर्ने प्रपञ्च रहेको टिप्पणी गरेका हुन् ।

उनले भनेका छन्, ‘भित्री/बाहिरी प्रतिगामी शक्तिहरूको षडयन्त्र/सेटिंगमा गत पुस ५ बाट जुन अलोकतान्त्रिक/असंवैधानिक/प्रतिक्रान्तिकारी हर्कत शुरू भएको थियो, त्यसैको कडी हो यो ओली-विद्या कुकर्म ! यो कुनै मध्यावधि चुनाव हैन संघीय लोकतान्त्रिक गणतन्त्र र संविधान खारेज गर्ने प्रपञ्च हो। एकजुट होऊॅ; प्रतिवाद गरौं !’

प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment