लमजुङमा भूकम्पले भत्काए घरहरू, काेही घाइते


लमजुङ । लमजुङको उत्तरी क्षेत्र खुदी भुलभुले केन्द्रविन्दु भएर भूकम्प गएको छ ।

राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार आज बिहान ५ः४२ बजे लमजुङको भुलभुले आसपास केन्द्रविन्दु भएर भूकम्प गएको हो । भूकम्प ५.८ रिक्टर स्केलको भएको केन्द्रका भूकम्पविद् डा लोकविजय अधिकारीले जानकारी दिनुभयो ।

भूकम्पले घर भत्किँदा केही मानिस घाइते भएका छन् । प्रमुख जिल्ला अधिकारी होमप्रसाद लुइँटेलका अनुसार घरको गारो भत्केर भुलभुलेकी ८५ वर्षीया वृद्धा घाइते छिन् ।

भूकम्पको धक्का लमजुङ, गोरखा, तनहुँ, कास्की, मनाङ, चितवन, धादिङ र काठमाडौँ उपत्यकामा समेत महसुस गरिएको थियो । भूकम्पको क्षतिबारे जानकारी प्राप्त भइसकेको छैन ।

प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment