फेरि लमजुङमै केन्द्र बनाएर ५.३ रेक्टर स्केल भूकम्प



काठमाडौं । लमजुङमै केन्द्र बनाएर फेरि भूकम्प गएको छ ।

बुधबार बिहान लमजुङको भुलभुले आसपास केन्द्रबिन्दु बनाएर ८ बजेर २६ मिनेट जाँदा ५.३ रेक्टर स्केलको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ । यसअघि भुलभुलेलाई नै केन्द्रबिन्दु बनाएर ५ बजेर ४२ मिनेट जाँदा ५.८ रेक्टर स्केलको भूकम्प गएको थियो ।

भूकम्पको धक्का गण्डकी प्रदेश, लुम्बिनीका केही जिल्ला र काठमाडौं उपत्यकासहित केही जिल्लामा महसुस गरिएको छ । काठमाडौं उपत्यकासहित बासिहरू पनि घर बाहिर निस्किएका छन् ।

भूकम्पमा केही घर भत्किनुका साथै केही स्थानीय घाइते भएका छन् । भूकम्पको केन्द्रविन्दु मस्र्याङ्दी गाउँपालिकाका घरहरूमा बढीजसो क्षति पुगेको छ ।

प्रमुख जिल्ला अधिकारी होमप्रसाद लुइँटेलले घर भत्किँदा बेंसीसहर नगरपालिका–६ चनौटेकी ३६ वर्षीया उमा गुरुङ र बेंसीसहर–११ रामचोकबेंसीकी ८७ वर्षीया खोपकुमारी पाण्डे घाइते भएको जानकारी दिए । दुवै जनाको जिल्ला अस्पताल लमजुङमा उपचार भइरहेको छ ।  

प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment