मोरङको रङ्गेली-३ स्थित नहरमा घाँटी रेटेर हत्या गरिएको अवस्थामा महिलाको शव फेला



विराटनगर । मोरङको रङ्गेली–३ स्थित तिलुवा चोक नजिकको नहरमा घाँटी रेटेर हत्या गरिएको अवस्थामा एक महिलाको शव फेला परेको छ ।

बुधबार रङ्गेली नगरपालिकाका बेचन यादवकी श्रीमती २४ वर्षीया अनिता यादवको शव फेला परेको प्रहरीले जनाएको छ । मोरङ प्रहरीका प्रवक्ता डीएसपी मानबहादुर राईले तिलुवा चोकनजिकको नहरमा हत्या गरेर फालिएको अवस्थामा अनिताको शव भेटिएको जानकारी दिए ।

प्रहरीको प्रारम्भिक अनुसन्धनबाट घाँटी रेटेर हत्या गरेपछि शव नहरमा फालिएको भेटिएको र घटनास्थलमा प्रहरीको विशेष टोली परिचालन गरेर गम्भीर रुपले घटनाको अनुसन्धान थालिएको मोरङ प्रहरीले जनाएको छ ।

प्रहरीले हत्यामा संलग्नको खोजी भइरहेको बताएको छ । इलाका प्रहरी कार्यालय रङ्गेलीका प्रहरी निरीक्षक अनमोल खड्का नेतृत्वको टोली घटनास्थलमा पुगेको छ । खड्का नेतृत्वको टोलीले हत्यामा संलग्नको पहिचान गर्ने प्रयास गरिरहेको छ ।

प्रहरीलाई शव भेटिएको जानकारी बिहान आठ बजेतिर आएको थियो । कसले हत्या गरेको हो ? चाडै पत्ता लगाउने मोरङ प्रहरीले जनाएको छ ।

प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment