
काठमाडौं । नेपालमा पछिल्लो समय दिनप्रति दिन कोरोना संक्रमितहरू तीब्र रुपमा बढिरहेका छन् । मुलुकभर पछिल्लो २४ घण्टामा ६ हजार ७१४ जना नयाँ कोरोना संक्रमित फेला परेका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १९ हजार ३० जनाको पीसीआर विधिबाट परीक्षण गर्दा ६ हजार ६७७ जनामा कोरोना पुष्टि भएको छ, भने ३२२ जनाको एन्टिजेन परीक्षण गर्दा ३७ जनामा संक्रमण पुष्टि छ ।
त्यस्तै, पछिल्लो २४ घण्टामा १ सय ४५ जना कोरोना संक्रमितको मृत्यु भएको मन्त्रालयले जनाएको छ ।
0 comments:
Post a Comment