१२ जेष्ठ २०७८,

इलाम । देशभरी फैलिएको कोरोनाको दोस्रो लहरले इलामलाई पनि अछुतो राखेन । त्यसमाथि भारतसँग प्रत्यक्ष सीमा जाेडिएकाे इलाम काेराेनाकाे अत्यन्तै जाेखिममा रहेकाे जिल्ला हाे । अहिले इलाम सदरमुकाममा मात्र हैन गाउँ-गाउँ सम्म पनि कोरोनाको कहर पुगेको छ ।
इलाममा अहिले सम्म ७१८ जना संक्रमित रहेको जिल्ला प्रसाशनको डाटामा देखिएको छ । संक्रमित मध्ये १७ जनाको मृत्यु समेत भई सकेको छ ।
इलाममा अहिले विभिन्न गाउँमा रुघा खोकी र ज्वरोको विमारीहरु वढेका छन् । कोरोना संघ सम्पूर्ण लक्षण मिल्लने विमारीहरु गाउँमा निर्वादरुपमा हिडडुल गरीरहेका छन् ।
परीक्षण छैन
कुनै पनि माध्यमबाट कोरोना परीक्षण समेत भएको छैन । इलामको माइजोगमाई गाउँपालिका ४ नामसालिङको घुमाउने, चौकिडाँडा, सीमलीगाउँ गैरीगाउँ लगायतका स्थानीयहरुको घरमा विमारी नभएको काेही छैनन् । एक स्थानीयका अनुसार केही दिन अघि श्रीमान विमारी भए । त्यसपछि श्रीमती कोराेना संग मिल्दो लक्षण देखिएकाे थियाे । यस्ता विमारी गाउँभरी भएको उनी बताउँछन्।
उनी भन्छन्, ‘कसैले अनुगमन नगर्नु, परीक्षण नगर्नु र स्थानीय स्तरमा सञ्चालनमा रहेका दुग्ध डायरीहरु निर्वाद रुपमा सञ्चालन हुनुले पनि गाउँमा संक्रमण फैलेको
हुन सक्छ ।’
मंगलबार ४५ जनाको परीक्षण गरिएकोमा २५ जनाको कोरोना रिपोट पोजेटीभ आएको थियो । यस्ले पनि सहजै अंकलन गर्न सकिछ किा नामसालिङका गाउँमा कोरोनाको कहर पसिसकेको छ । सचेतताको आवश्यक रहेको छ ।
माइजोगमाई ४ नामसालिङकोमात्र यो अवस्था नभएको जनसंख्याको आधारमा हेर्नेहो भने इलाम नगरपालिका यो भन्दा भयभह रहेको इलामका प्रमुख जिल्ला अधिकारी धुव्र वहादुर खड्का बताउनु हुन्छ ।
उहाँले भन्नुभयो, ‘परीक्षणको दायरा आजबाट बढाइको छ । र, इलाम जिल्लाको निषेधाज्ञा पनि बढाएकोले गाउँ गाउँमा परीक्षण गरिने छ।’
इलामका गाउँ गाउँमा भएका विवाह र अन्य धार्मिक कार्यक्रमले गर्दा अहिले संक्रमतिको संख्या वढेको हो । केहीलाई पहिलै लक्षण देखियो र केहीलाई देखिएन तर संक्रमण भने सरीरहयो र अहिले एका एक इलाममा संक्रमण बढेको खड्काल बताउनुभयो ।
0 comments:
Post a Comment