प्रधानमन्त्री ओलीको कदम विरुद्ध इलाममा चार दलले निकाले संयुक्त विज्ञप्ती

इलाम, १२ जेठः प्रधानमन्त्री ओलीको कदम विरुद्ध इलाममा चार दलले  संयुक्त विज्ञप्ती निकालेका छन् । नेपाली कांग्रेसका सभापती हिमालय कर्माचार्य, नेकपा माओवादी केन्द्रकी संयोजक सोममाया राई, नेकपा एमालेका उपाध्यक्ष भक्त केसी र जसपाका उपाध्यक्ष छिकिन तामाङले हस्तक्षेरीत विज्ञप्ती जारी गर्दै ओलीको कदमको विरोध गरेका छन् । 


हेनुहोस संयुक्त प्रेस विज्ञप्ति

संयुक्त प्रेस विज्ञप्ति

नेपाली जनताको लामो कठोर आन्दोलन, संघर्ष, त्याग र बलिदानबाट प्राप्त नेपालीको संविधानमाथि प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले २०७८ जेठ ८ गते प्रतिनिधि सभाको विघटन गरि मध्यावधि निर्वाचन घोषणा गर्ने असंवैधानिक, अलोकतान्त्रिक, अनैतिक, अराजनीतिक, स्वेच्छाचारी र अधिनायकवादी कदम प्रति हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ । राष्ट्रपति र प्रधानमन्त्रीले बदनियतपूर्ण किसिमले प्रतिनिधि सभाको विघटन गरि नेपालको संविधान र लोकतन्त्रमाथि नै गरिएको प्रहार एवं गैरजिम्मेवार कार्यको घोर निन्दा एवं भर्त्सना गर्दछौं । 

२०७७ पुस ५ को प्रतिनिधि सभा विघटन विरुद्ध ६७ दिनसम्म गरिएको राजनीतक, संवैधानिक, कानुनि संघर्ष एवं सर्बोच्च अदालतको संवैधानिक इजलासको २०७७ फागुन(११ गतेको फैसलाको विपरीत समेत भएकोले संसदीय मूल्य, मान्यता, परम्परालाइ तिलाञ्ज्ली दिदै प्रधानमन्त्री र रास्ट्रपतिको मिलेमतोमा भएको संसदको विघटनले वर्तमान सरकार असफल भइसकेको प्रमाणित हुन्छ । संविधानको धारा ७६९५० अनुसार वैकल्पिक सरकार गठनका लागि बस्तुगत आधार पेश भइसकेको अवस्थामा प्रधानमन्त्री नियुक्ति नगरेर सार्वभौम प्रतिनिधि सभा रातारात विघटन संविधान र लोकतन्त्रको हत्या गरी अधिनायकवादी शैलीमा शासन सत्ता संचालन गर्ने ओली र भण्डारीको पुरानै आकाङ्क्षाको सुनियोजित निरन्तरता र आम नेपाली जनता प्रतीको विश्वासघात एवं धोका हो।

कोभिड(१९ महामारीको भयावह परिस्थिति भोगिरहेको नागरिकको लागि यसको रोकथाम, नियन्त्रण र उपचार सर्वाधिक प्राथमिकताको विषय हो । त्यसैले कोभिड(१९ ले मुलुक आक्रान्त भएको बेला औषधी, अक्सिजन, अस्पताल(शैया नपाएर नागरिकहरू रोइरहेका बेला निर्वाचनको घोषणा गर्नु मानवीय संवेदनाहीन क्रूरता हो।

अन्त्यमा राष्ट्रपति र प्रधानमन्त्रीबाट प्रतिनिधि सभाको विघटन गर्ने प्रतिगमनकारि कार्यका विरुद्ध एकजुट भई नेपाली जनताको  लामो आन्दोलन, संघर्ष र वलिदानबाट स्थापित नेपालको संविधानमा अन्तर्निहित संघिय लोकतान्त्रिक गणतन्त्र , समावेशि लोकतन्त्र, समानुपातिक(समावेशी एवं नेपालको सर्वोपरि राष्ट्रिय हितको रक्षाका लागि दृढतापूवक अगाडि बढ्न हामि सम्पुर्ण राजनीति दल तथा जनसमुदायमा हार्दिक आव्हान गर्दछौ ।

(११ जेठ, २०७८ इलाम ।




प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment