प्रधानमन्त्री ओलीको गृह जिल्ला झापामा संसद विघटनबिरुद्ध ९ दलको संयुक्त आन्दोलन


झापा । प्रधानमन्त्री केपी शर्मा ओलीले दोस्रो पटक संसद् विघटन गरेको बिरुद्धमा ९ दलले संयुक्त आन्दोलन गर्ने भएका छन् ।

प्रधानमन्त्री ओलीको गृह जिल्ला समेत रहेको झापामा ओली नेतृत्वको नेकपा एमाले बाहेक नेपाल–खनाल पक्षीय एमालेसहितका अन्य दलहरुले संयुक्त आन्दोलन गर्ने भएका हुन् ।

जनताको लामो संघर्ष, बलिदानी, त्याग र तपस्याबाट प्राप्त संविधान असफल बनाएर राष्ट्रलाई विग्रह र विखण्डनको बाटोमा धकेलेको ठहरसहित झापामा संयुक्त आन्दोलन गर्ने भएका हुन् ।

नेपाली कांग्रेसको पहलमा मंगलबार झापाको बिर्तामोडमा बसेको दलहरुको बैठकले प्रधानमन्त्री ओली बिरुद्ध संयुक्त विज्ञप्ति जारी गर्दै आन्दोलन गर्ने निर्णय गरेका हुन् ।

संयुक्त विज्ञप्ति जारी गर्नेहरुमा नेपाली कांग्रेसका जिल्ला सभापति उद्वव थापा, नेकपा माओबादी केन्द्रका जिल्ला सचिव मणिकुमार साम्पाङ (बिजय), जनता समाजबादी पार्टीका जिल्ला अध्यक्ष दिपेनवाला राई, नेकपा एमालेको माधव नेपाल समूहका जिल्ला अध्यक्ष बेदराज रेग्मी, बहुल राष्ट्रिय मोर्चाका केन्द्रीय अध्यक्ष सञ्जुहाङ पालुङ्वा, संघीय लिम्बुवान मञ्च नेपालका अध्यक्ष धनबहादुर पन्दाक, विवेकशील साझा पार्टीका झापा अध्यक्ष मेदनी प्रसाई, राष्ट्रिय जनमुक्ति पार्टीका जिल्ला अध्यक्ष प्रकाश थम्देन र राष्ट्रिय जनमोर्चाका झापा अध्यक्ष सन्तोष तामाङ रहेका छन् ।

‘प्रधानमन्त्री ओलीको मुलुकलाई जटिल र गम्भिर राजनीतिक दुर्घटनातर्फ धकेल्ने यस्तो आपराधिक षडयन्त्रको जति निन्दा र भत्र्सना गरे पनि कम हुन्छ,’ विज्ञप्तिमा भनिएको छ–‘मुलुकलाई जननिर्वाचित प्रतिनिधिसभाविहीन बनाएर अध्यादेशको भरमा राष्ट्र सञ्चालन गर्ने कार्यले समृद्ध राष्ट्रको निर्माण हुन सक्दैन भन्ने हाम्रो ठहर छ ।

प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment