मुलुकभर ८ हजार ८५० जना नयाँ कोरोना संक्रमित थपिए, ५२ को मृत्यु

 


काठमाडौं । नेपालमा पछिल्लो समय दिनप्रति दिन कोरोना संक्रमितहरू तीब्र रुपमा बढिरहेका छन् । मुलुकभर पछिल्लो २४ घण्टामा ८ हजार ८५० जना नयाँ कोरोना संक्रमित फेला परेका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार मुलुकभर १८ हजार ७८७ जनाको पीसीआर परीक्षण गर्दा ८ हजार ७७७ जनामा कोरोना पुष्टि भएको हो । त्यस्तै, ५०६ जनाको एन्टिजेन परीक्षण गर्दा ७३ जनामा कोरोना पुष्टि भएको छ ।

थप ४ हजार २२ जना संक्रमित निको भए, ८८ को मृत्यु

स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा मुलुकभरका विभिन्न स्थानबाट ४ हजार २२ जना कोरोनामुक्त भएका छन् ।

त्यस्तै, पछिल्लो २४ घण्टामा थप ५२ संक्रमितको मृत्यु भएको छ । साथै, यसअघि कोरोनाका कारण ज्यान गुमाएका २६ जनासहित कुल ८८ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ ।

हाल नेपालमा ४ सय १९ जना संक्रमितहरु क्वारेन्टाइनमा रहेका छन् ।

प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment