
काठमाडौं । नेपालमा पछिल्लो समय दिनप्रति दिन कोरोना संक्रमितहरू तीब्र रुपमा बढिरहेका छन् । मुलुकभर पछिल्लो २४ घण्टामा ४ हजार ३६९ जना नयाँ कोरोना संक्रमित फेला परेका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार मुलुकभर १२ हजार ७७० जनाको पीसीआर–एन्टिजेन परीक्षण ४ हजार ३६९ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
१० हजार ९८६ जनाको आरटी–पीसीआर परीक्षण गर्दा ३ हजार ७०२ र १ सय ७८४ जनाको एन्टिजेन परीक्षण गर्दा ६ सय ६७ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
पछिल्लो २४ घण्टामा मुलुकभर ४ हजार ३६९ जना नयाँ संक्रमित थपिएसँगै कुल संक्रमितको संख्या ५ लाख ५७ हजार १२४ पुगेको छ ।
पछिल्लो २४ घण्टामा ६ हजार २०५ संक्रमित निको भए, १०९ को मृत्यु
कोरोना भाइरस कोभिड–१९ को संक्रमणबाट पछिल्लो २४ घण्टामा देशभर ६ हजार २०५ जना निको भएर घर फर्किएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरबाट ६ हजार २०५ जना निको हुँदा डिस्चार्ज हुनेहरुको कुल संख्या ४ लाख ४० हजार ९५५ पुगेको छ ।
यसैगरी क्वारेन्टाइनमा रहनेको संख्या ७ हजार ६३ रहेको छ । पछिल्लो २४ घण्टामा देशभर १२ हजार ७७० जनाको पीसीआर–एन्टिजेन परीक्षण हुँदा हालसम्म कुल ३० लाख ४२ हजार ३६९ जनाको पीसीआर–एन्टिजेन परीक्षण भएको छ ।
यसै गरी पछिल्लो २४ घण्टामा थप १ सय ९ संक्रमितको मृत्यु भएको छ । हालसम्म नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ७ हजार २७२ पुगेको छ ।
0 comments:
Post a Comment