इलाममा ९१ जना संक्रमित थपिए, थप एक जनाको मृत्यु


इलाम, १६ जेठः दोस्रो चरणको कोरोना संक्रमणले देशै भरी तिव्र रुपमा फैलिएको बेला इलाममा पनि आज थप ९१ जनामा कोरोण संक्रमण पुष्टी भएको छ । आज थपिएका ९१ संगै इलाममा संक्रमितको संख्या ९५३ पुगेको छ । 

आज संक्रमित हुनेमा इलाम नगरपालिकाका ३ जना पुरुष ७ जना महिला, सूर्योदय नगरपालिकामा २९ महिला २८ पुरुष, माइजोगमाई गाउँपालिकामा ५ महिला ८ पुरुष, माङसेवुङ गाउँपालिका ३ महिला २ पुरुष, माइ नगरपालिका ४ पुरुष,  चुलाचुली गाउँपालिकामा २  पुरुष र फाकफोकथुमा गाउँपालिका ३ पुरुष  रहेका छन् । 

संक्रमणको कारण एककोे मृत्यु 

इलाममा आज कोरोना संक्रमणको कारण १ जनाको मृत्यु भएको छ । सूर्योदय नगरपालिका ११ का ४५ वर्षिय पुरुष रहेका छन् इलाममा हाल सम्म कोरोना संक्रमणको कारण मृत्यु हुनेको संख्या २४ पुगेको छ  । हालसम्म मृत्यु हुनेमा चुलाचुली गाउँपालिकाका ५ जना, इलाम नगरपालिकाका ८ जना, देउमाइ नगरपालिकाका १ जना, सूर्योदय नगरपालिका ८ जना, माई नगरपालिका १ जना र माइजोगमाइका १ जना रहेका छन् ।

इलाममा अहिले सम्म ९५३ जना संक्रमित भएका छन् । यस्तै इलाममा कोराना संक्रमण मुक्तहुनेको संख्या १५१ पुगेको छ ।  


प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment