मोरङमा जारी निषेधाज्ञा जेठ २४ गतेसम्मका लागि लम्ब्याइयो, अटेर गर्नेलाई जरिवाना गरि



विराटनगर । गत बैशाख १९ गतेदेखि मोरङमा जारी निषेधाज्ञा जेठ २४ गतेसम्मका लागि लम्ब्याइएको छ ।

जिल्ला प्रशासन कार्यालय मोरङमा आइतबार बसेको जिल्ला कोभिड संकट व्यवस्थापन समितिको बैठकले कोरोना माहामारीका कारण संक्रमण बढ्दै गएको र मृत्यु दरमा पनि कमी नआएको निष्कर्ष निकाल्दै विषेधाज्ञाको अवधि थप गरिएको प्रमुख जिल्ला अधिकारी कोषहरी निरौलाले जानकारी दिए ।

जेठ १७ गते राति १२ बजेदेखि जेठ २४ गतेसम्म लागू हुने गरी निधेषज्ञा थप गरिएको र अबको निषेधाज्ञामा हिँडडुलका साथै अनावश्यक काम बाहेक बाहिर निस्कने, पसलहरु खोल्नेलाई थप कढाइ गरिने जिल्ला प्रशासन कार्यालय मोरङले जनाएको छ ।

निषेधाज्ञा अवधिमा औषधि, खाद्यवस्तु, इन्धनलगायत अत्यावश्यक वस्तु तथा सेवाहरु खरिद गर्न बाहेक अनावश्यक घरबाट बाहिर ननिस्कन आव्हान गरिएको छ ।

खाद्यवस्तु, खाना पकाउने इन्धन, तरकारी, डेरी सम्बन्धी पसल र निर्माण सामग्रीका पसल बिहान १० बजेसम्म मात्र सञ्चालन गर्न पाइने उल्लेख गरिएको छ ।

अटेर गरेर सवारी साधन चलाउने, पसल खोल्ने, अनावश्यक हिँडडुल गर्नेलाई जरिवानासहित कारवाही गरिने जिल्ला प्रशासन मोरङले जनाएको छ ।

प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment