लुम्बिनी प्रदेशको राष्ट्रियसभा उपनिर्वाचनमा कांग्रेसका दृगनारायण पाण्डे विजयी


बुटवल । लुम्बिनी प्रदेशको राष्ट्रिय सभा उपनिर्वाचनमा संयुक्त गठबन्धनबाट कांग्रेसका उम्मेदवार दृगनारायण पाण्डेय विजयी भएका छन् । पाण्डेले सत्तारुढ नेकपा एमालेका उम्मेदवार चन्द्रबहादुर खड्कालाई पराजित गरेका छन् ।

पाण्डेयले प्रदेशसभातर्फ ४२ र स्थानीय तह तर्फ ११८ जनाको मत पाएका छन् भने खड्काले प्रदेशसभातर्फ ४० र स्थानीय तहतर्फ ९४ जनाको मत पाएका छन् । प्रदेशसभा र स्थानीय तहतर्फ २ गरी ३ मत बदर भएको छ ।

निर्वाचन आयोगले औपचारिक घोषणा केहीबेरमा हुन लागेको छ ।

प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment