इलाममा ४४ जना संक्रमित थपिए, संक्रमितको संख्या ९९७ पुग्यो


इलाम, १७ जेठः दोस्रो चरणको कोरोना संक्रमणले देशै भरी तिव्र रुपमा फैलिएको बेला इलाममा पनि आज थप ४४ जनामा कोरोण संक्रमण पुष्टी भएको छ । आज थपिएका ४४ संगै इलाममा संक्रमितको संख्या ९९७ पुगेको छ । 

आज संक्रमित हुनेमा इलाम नगरपालिकाका १ जना पुरुष ३ जना महिला, सूर्योदय नगरपालिकामा १६ महिला १० पुरुष, रोङ गाउँपालिकामा ४ महिला ६ पुरुष र माइ नगरपालिका २ महिला २ पुरुष रहेका छन् । 

इलाममा हाल सम्म कोरोना संक्रमणको कारण मृत्यु हुनेको संख्या २४ पुगेको छ  । हालसम्म मृत्यु हुनेमा चुलाचुली गाउँपालिकाका ५ जना, इलाम नगरपालिकाका ८ जना, देउमाइ नगरपालिकाका १ जना, सूर्योदय नगरपालिका ८ जना, माई नगरपालिका १ जना र माइजोगमाइका १ जना रहेका छन् ।

इलाममा अहिले सम्म ९९७ जना संक्रमित भएका छन् । यस्तै इलाममा आज १४ जना कोरोना संक्रमण मुक्त भएका छन् । हाल सम्म इलाममा  कोराना संक्रमण मुक्तहुनेको संख्या १६५ पुगेको छ ।  


प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment