मुलुकभर ४ हजार ७६२ जना नयाँ कोरोना संक्रमित थपिए, ११४ को मृत्यु


काठमाडौं । नेपालमा पछिल्लो समय दिनप्रति दिन कोरोना संक्रमितहरू तीब्र रुपमा बढिरहेका छन् । मुलुकभर पछिल्लो २४ घण्टामा ४ हजार ७६२ जना नयाँ कोरोना संक्रमित फेला परेका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार मुलुकभर १७ हजार ४८० जनाको पीसीआर–एन्टिजेन परीक्षण ४ हजार ७६२ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

१५ हजार ५५ जनाको आरटी–पीसीआर परीक्षण गर्दा ४ हजार १७८ र २ सय ४२५ जनाको एन्टिजेन परीक्षण गर्दा ५ सय ८४ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

पछिल्लो २४ घण्टामा मुलुकभर ४ हजार ७६२ जना नयाँ संक्रमित थपिएसँगै कुल संक्रमितको संख्या ५ लाख ६१ हजार ३०२ पुगेको छ ।

पछिल्लो २४ घण्टामा ६ हजार ४९१ संक्रमित निको भए, ११४ को मृत्यु

कोरोना भाइरस कोभिड–१९ को संक्रमणबाट पछिल्लो २४ घण्टामा देशभर ६ हजार ४९१ जना निको भएर घर फर्किएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरबाट ६ हजार ४९१ जना निको हुँदा डिस्चार्ज हुनेहरुको कुल संख्या ४ लाख ४७ हजार ४४६ पुगेको छ ।

यसैगरी क्वारेन्टाइनमा रहनेको संख्या ६ हजार ८९ रहेको छ । पछिल्लो २४ घण्टामा देशभर १७ हजार ४८० जनाको पीसीआर–एन्टिजेन परीक्षण हुँदा हालसम्म कुल ३० लाख ५७ हजार ४२४ जनाको पीसीआर–एन्टिजेन परीक्षण भएको छ ।

यसै गरी पछिल्लो २४ घण्टामा थप १ सय १४ संक्रमितको मृत्यु भएको छ । हालसम्म नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ७ हजार ३८६ पुगेको छ ।

प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment