याे वर्ष पनि एसईई आन्तरिक मुल्यांकनबाटै गर्ने मन्त्रिपरिषद्को निर्णय


काठमाडौं । यस वर्षको एसईई आन्तरिक मुल्यांकनबाट हुने भएको छ । सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले एसईई आन्तरिक मुल्यांकनबाटै गर्ने निर्णय गरेको हो ।

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको सोमबार बसेको बैठकले एसईई आन्तरिक मुल्यांकन विधि अनुसार गराउने प्रस्ताव मन्त्रिपरिषदमा लगेको थियो । सोमबार साँझ बसेको मन्त्रिपरिषको बैठकले उक्त प्रस्ताव पारित गरेको हो ।

राष्ट्रिय परिक्षा बोर्डले आइतबार मात्रै एसईई वैकल्पिक विधिबाट गर्ने व्यवस्था मिलाउने व्यवस्था गर्न भन्दै शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयलाई प्रस्ताव गरेको थियो । त्यसै प्रस्तावका आधारमा शिक्षामन्त्री श्रेष्ठले मन्त्रिपरिषद्मा प्रस्ताव पेश गर्नुभएको हो ।

विद्यालयहरुले गरेको आन्तरिक मूल्यांकनका विवरण सम्बन्धित जिल्ला शिक्षा विकास तथा समन्वय समितिमा पठाउने र शिक्षा विकास तथा समन्वय इकाईले प्रमाणित गरी राष्ट्रिय परीक्षा बोर्डमा पठाउनुपर्नेछ । प्राप्त विवरणका आधारमा परीक्षा बोर्डले परीक्षाफल तयार पारी सार्वजनिक गर्नेछ ।

अघिल्लो वर्ष पनि विद्यालयको पहिलो त्रैमासिक अवधिको मुल्यांकन १० प्रतिशत, दोस्रो अवधिको ३० प्रतिशत र शैक्षिक सत्रको अन्त्यसम्मका सबै विषयको मुल्यांकन बाट नतिजा तयार गरिएको थियो ।

प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment