१ क्विन्टल गाँजासहित ३ जना पक्राउ


हेटौंडा । जिल्ला प्रहरी कार्यालय मकवानपुरले १ क्विन्टल लागुऔषध गाँजा र ट्रकसहित ३ जनालाई पक्राउ गरेको छ ।

सोमबार बिहान जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट खटिएको विषेश टोलीले विशेष सूचनाको आधारमा हेटौँडा उपमहानगरपालिका वडा नंम्बर १ त्रिभुवन राजपथस्थित सडक खण्डमा उनीहरूलाइ पक्राउ गरेकाे हाे । नामटार तर्फबाट हेटौँडातर्फ आउँदै गरेको ना २ ख ९८६२ नंम्बरको ट्रकलाई रोकी चेकजाँच गर्दा उक्त ट्रकको क्याबिनको भागको हुटमा फल्स बटम बनाएर लुकाई-छिपाई गाजा तस्करी गरिएकाे पत्ता लागेकाे थियाे ।

१७ वटा पोकामा १ क्विन्टल गाँजा रहेकाे थियाे । गाँजा र ट्रकसहित ट्रकका चालक जिल्ला काभ्रेकाे महाभारत गाउँपालिका वडा नंम्बर ५ बस्ने ४९ वर्षको आईते बहादुर ठाडामगरलाई प्रहरीले नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरीक्षक जयश्वर रिमालले जानकारी दिए ।

घटनाको प्रारम्भिक अनुसन्धानबाट प्रहरीले गाँजा ओसारपसारमा संलग्न भिमफेदी गाउँपालिका वडा नम्बर ९ बस्ने ४१ वर्षको राजकुमार तामाङ्ग र कैलाश गाउँपालिका वडा नंम्बर १० बस्ने ३६ वर्षको सुबिन रुम्बालाई पनि पक्राउ गरी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment