मुलुकभर ८ हजार २०३ जना नयाँ कोरोना संक्रमित थपिए, १९६ को मृत्यु

काठमाडौं । नेपालमा पछिल्लो समय दिनप्रति दिन कोरोना संक्रमितहरू तीब्र रुपमा बढिरहेका छन् । मुलुकभर पछिल्लो २४ घण्टामा ८ हजार २०३ जना नयाँ कोरोना संक्रमित फेला परेका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार मुलुकभर २० हजार ९७९ जनाको पीसीआर–एन्टिजेन परीक्षण ८ हजार २०३ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

२० हजार २८६ जनाको आरटी–पीसीआर परीक्षण गर्दा ८ हजार १३६ र ६ सय ९३ जनाको एन्टिजेन परीक्षण गर्दा ६७ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

पछिल्लो २४ घण्टामा मुलुकभर ८ हजार२०३ जना नयाँ संक्रमित थपिएसँगै कुल संक्रमितको संख्या ४ लाख ७२ हजार ३५४ पुगेको छ ।

पछिल्लो २४ घण्टामा ६ हजार ८९१ संक्रमित निको भए, १ सय ९६ को मृत्यु

कोरोना भाइरस कोभिड–१९ को संक्रमणबाट पछिल्लो २४ घण्टामा देशभर ६ हजार ८९१ जना निको भएर घर फर्किएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरबाट ६ हजार ८९१ जना निको हुँदा डिस्चार्ज हुनेहरुको कुल संख्या ३ लाख ५२ हजार ४१४ पुगेको छ ।

यसैगरी क्वारेन्टाइनमा रहनेको संख्या ७ सय ५२ रहेको छ । पछिल्लो २४ घण्टामा देशभर २० हजार ९७९ जनाको पीसीआर–एन्टिजेन परीक्षण हुँदा हालसम्म कुल २८ लाख १२ हजार ९५९ जनाको पीसीआर–एन्टिजेन परीक्षण भएको छ ।

यसै गरी पछिल्लो २४ घण्टामा थप १ सय ९६ संक्रमितको मृत्यु भएको छ । हालसम्म नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ५ हजार ४११ पुगेको छ ।

प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment