अमेरिकामा साइबर हमला भएपछि आपतकाल घोषणा, सबैभन्दा ठूलो इन्धन पाइपलाइन अवरुद्ध

काठमाडाैँ । अमेरिकाको सबैभन्दा ठूलो इन्धन पाइपलाइनमा साइबर हमला भएको छ । उक्त घटनापछि आइतबार त्यहाँको सरकारले आपत्काल घोषणा गरेको छ । साइबर हमला चाहिँ शुक्रबार भएको थियो ।

साइबर हमलाकारीहरूको समूहले तेलको पाइपलाइन नै अवरुद्ध गराइदिएका छन् । उक्त सेवा सुरु गराउने प्रयास जारी रहेको बताइएको छ ।

साइबर हमला भएको कोलोनियल पाइपलाइनले प्रतिदिन २५ लाख ब्यारेल इन्धन आपूर्ति गर्ने गर्छ । तर साइबर हमलाकारीहरुले पाइपलाइन पूरै अवरुद्ध गरिदिएका हुन् । अमेरिकाको पूर्वी तटीय राज्यहरूमा आवश्यक डिजेल, ग्यास र जेट इन्धनको ४५ प्रतिशत माग यही पाइपलाइनबाट पूर्ति हुने गरेको छ ।

आपतकाल घोषणा गरिएपछि पाइपलाइनबाट हुने इन्धन आपूर्ति सडकमार्गबाट ढुवानी गरेर पूरा गर्न सकिन्छ । तर यसले इन्धनको मूल्यवृद्धि बताइएको छ । विज्ञहरूका अनुसार सोमबार (आज) इन्धनको मूल्य २ देखि ३ प्रतिशतले बढ्ने यस हमलाको प्रभाव लामो हुने गएमा मूल्यमा थप वृद्धि हुने वा इन्धन अभाव हुनेछ ।

हमलाकारीले चोरी गरेका ती डेटाहरू केही कम्प्युटर तथा सर्भरमा राखेर शुक्रबार नै फिरौती रकमको माग गरेको बिबिसीले जनाएको छ । फिरौती वा र्‍यान्सम नतिरिए सबै डेटा इन्टरनेटमा सार्वजनिक गरिदिने उक्त समूहले धम्की दिएको छ ।

तर कोलोनियल कम्पनीले सेवा सुचारू गर्न हरसम्भव प्रयास गरिरहेको छ । सरकारी अधिकारीहरू, साइबर सुरक्षा विज्ञ तथा ऊर्जा मन्त्रालयसँग मिलेर सेवा पुनर्स्थापित गर्ने काम गरिरहेको बताउँदै उसले आइतवार साँझ नै केही साना लाइनहरू सुचारू गर्न सफल भएको बताएको छ । तर पाइपलाइनका मुख्य लाइनहरू पनि अझै अवरूद्ध छन् ।

प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment