मुलुकभर ५ हजार ७६३ जना नयाँ कोरोना संक्रमित थपिए, १९ को मृत्यु

माइपोखरी न्युज, १८ बैशाख


काठमाडौं । नेपालमा पछिल्लो समय दिनप्रति दिन कोरोना संक्रमितको संख्या तीब्र रुपमा बढिरहेका छन् । मुलुकभर पछिल्लो २४ घण्टामा ५ हजार ७६३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १४ हजार ९६९ जनाको आरटी–पीसीआर/एन्टिजेन परीक्षण गर्दा ५ हजार ७६३ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

१४ हजार ४०३ जनाको आरटी–पीसीआर परीक्षण गर्दा ५ हजार ७०६ जना र ५ सय ६६ जनाको एन्टिजेन परीक्षण गर्दा ५७ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

पछिल्लो २४ घण्टामा मुलुकभर ५ हजार ७६३ जना नयाँ संक्रमित थपिएसँगै कुल संक्रमितको संख्या ३ लाख २८ हजार ८९३ पुगेको छ ।

पछिल्लो २४ घण्टामा १ हजार २८७ संक्रमित निको भए, १९ को मृत्यु

कोरोना भाइरस कोभिड–१९ को संक्रमणबाट पछिल्लो २४ घण्टामा देशभर १ हजार २८७ जना निको भएर घर फर्किएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरबाट १ हजार २८७ जना निको हुँदा डिस्चार्ज हुनेहरुको कुल संख्या २ लाख ८२ हजार ३८२ पुगेको छ ।

यसैगरी क्वारेन्टाइनमा रहनेको संख्या ६७ रहेको छ । पछिल्लो २४ घण्टामा देशभर १४ हजार ९६९ जनाको पीसीआर/एन्टिजेन परीक्षण हुँदा हालसम्म कुल २४ लाख ८८ हजार ३५९ जनाको पीसीआर/एन्टिजेन परीक्षण भएको छ ।

यसै गरी पछिल्लो २४ घण्टामा थप १९ संक्रमितको मृत्यु भएको छ । हालसम्म नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ३ हजार २९८ पुगेको छ ।

प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment