नेपालकै ऐतिहासिक दोस्रो दत्तात्रयको मन्दिर श्री दत्तात्रय मन्दिर देउमाइ इलामको मुर्ती प्रतिस्थापन तथा क्षमापुजा

  • बिमल अधिकारी 


देउमाई, १८ बैशाखः  नेपालकै ऐतिहासिक दोस्रो दत्तात्रयको मन्दिर श्री दत्तात्रय मन्दिर देउमाइ इलामको मुर्ती प्रतिस्थापन तथा क्षमापुजा सम्पन्न भएको छ। नेपालकै ऐतिहासिक ,धर्मको धरोहर , नेपालका दुई दत्तात्रय मन्दिर मध्धेको एक, श्री दत्तात्रय मन्दिर देउमाइ नगरपालिका - ८ इलामको पुनर्संरचना पश्चात् क्षमापुजा गर्दै, ब्रह्मा बिष्णु महेश्वरको साक्षत प्रतिरुप दत्तात्रय भगवानको मुर्ती प्रतिस्थापन सम्पन्न भएको हो।
 बि.स. १९६९ सालबाट देबस्थलको रुपमा स्थानिय बासिले पुजाआजा गर्दै आएको स्थानमा बि।स। २००८ सालमा मन्दिर निर्माण गरि दत्तात्रय भगवानको मुर्ती स्थापना गरिएको थियो। त्यस पछि  २०७२ सालको भुकम्प बाट मन्दिर  क्षति भए पश्चात यश पटक पुननिर्माण गरिएको हो। 
पुरात्त्व बिभागबाट २०७३ सालमा नेपालका ऐतिहासिक सम्पदाको सुचिमा सुचिकृत भैसकेको मन्दिर लाई २०७७ बाट पुरानै सम्रचनामा पुननिर्माण शुरु गरिएको थियो। पुरातत्व बिभाग, सघिंय सरकार , प्रदेश सरकार , स्थानिय सरकार र स्थानिय जनसहभागितामा मन्दिर, सभाहल, सिढी, शौचालय, खानेपानी लगायतका सम्रचना निर्माण गरिएको हो। यस मन्दिर मा पुजा आजा गरेमा सहकाल आउने , मनोकामना पुर्ण हुने बिस्वास रहि आएको छ। 

आज एक कार्यक्रमका बिच सम्पन्न प्रतिस्थापन कार्यक्रम मन्दिर ब्यबस्थापन समिती अध्यक्ष तथा देउमाइ नगरपालिका ९ का वडाध्यक्ष प्रेम सागर बरालको अध्यक्षतामा सम्पन्न भएको थियो।

प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment